Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवनको दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला

आइतबार, असार २३, २०८१

काठमाडाैं -भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा चितवनको ऐतिहासिक दियालो बंगला दरबार आजदेखि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले दियालो बंगला दरबार अवलोकनको शुभारम्भ गरेका हुन्  ।

विसं २०१९ निर्माण भएको दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तमाङले भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन दियालो बंगलाले महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

मन्त्री तामाङले पूर्व राजाहरूले पूर्व पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनको लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्त्वपूर्ण रहेको उल्लेख गरे  ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्