Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिथिल भएको अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन : अध्यक्ष ओली

आइतबार, असार २३, २०८१

काठमाडाैं - नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए । मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताए । उनले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२÷०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे ।

सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल प्रचण्डल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्