Nic Ad Nic Ad
Nic Ad Nic Ad

भोलिदेखि कम पानी पर्ने

आइतबार, असार २३, २०८१

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले भोलि, सोमबारदेखि हिजो र आजको तुलनामा कम पानी पर्ने जनाएको छ ।

महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी हुने बताएको हो ।महाशाखाले भोलि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ ।

अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । त्यसकारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम पूरै नघट्ने, खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्