Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीबाट प्रभावित राष्ट्रिय राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न माग

आइतबार, असार २३, २०८१

काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बाढीबाट प्रभावित राजमार्ग तथा सडक तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आइतबार विज्ञप्ति जारी गरी अविरल वर्षाका कारण गएको बाढीपहिराबाट राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकमा क्षति पुगेकाले तत्काल मर्मत तथा वैकल्पिक व्यवस्था गरी सडक  खुलाउन सरकारसँग माग गरेका हुन् ।

“अविरल वर्षाका कारण बाढीपहिराबाट ठुलो जनधनको क्षति भएको छ, कयौँ राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडक बन्द भएका छन्, जसका कारण यात्रुहरू बिचल्लीमा परेका छन् । मर्मत तथा डाइभर्सन बनाएर सडक सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ”, महासचिव गौतमले भने ।

महासङ्घले देशभरका जुनसुकै स्थानबाट सेवा सञ्चालन गर्दा आफ्नो गन्तव्य स्थानसम्म पुग्ने बाटोको अवस्थाबारे पूर्णरुपमा जानकारी लिएर मात्र यात्रा गर्न र सवारी साधन सञ्चालनका लागि अपिल गरेको छ ।

बन्द भएका सडक खुलाउने कार्यमा सुरक्षाकर्मी परिचालन भइसकेकाले सुरक्षाकर्मीसँग सहकार्य गरेर यातायात सञ्चालन गर्नसमेत सबै व्यवसायीलाई महासङ्घले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्