Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेले बोलायो सचिवालय बैठक

आइतबार, असार २३, २०८१

काठमाडौँ -नेकपा एमालेले मंगलबार सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसो १२ बजे सचिवालय बैठक राखिएको कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

नेपाली काँग्रेसको समर्थनमा केपी शर्मा ओली प्रधानमन्त्री बनाउने सहमति भएपछि एमालेले लगातार बैठक राखिरहेको छ । आइतबार प्रतिनिधिसभा बैठक अगाडि एमालेले संसदीय दलको बैठक राखेको थियो ।


यो बैठकले नयाँ सरकार गठनको स्वागत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई राजीनामा गर्न आह्वान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  २१:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमालेले बोलायो सचिवालय बैठक
सोमबार, साउन १४, २०८१