Nic Ad Nic Ad
Nic Ad Nic Ad

कञ्चनपुरमा १२ घण्टामै झन्डै ४०० मिलिमिटर वर्षा

सोमबार, असार २४, २०८१

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुरमा भीषण वर्षा भएको छ । महाशाखले आज सोमबार बिहान ६ः४८ बजे दिएको जानकारीअनुसार बितेको १२ घण्टामै कञ्चनपुरमा झन्डै ४०० मिलिमिटर वर्षा भएको छ ।

सो अवाधिमा कञ्चनपुरको हनमान नगरमा ३९८.४ मिलिमिटर वर्षा मापन भएको हो । यस्तै कञ्चनपुरकै दोधारामा ३९५ मिलिमिटर र सुन्दरपुरमा ३९२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्