Nic Ad Nic Ad
Nic Ad Nic Ad

कालीमाटीमा आज तरकारी र फलफूलको  मूल्य कति ?

सोमबार, असार २४, २०८१
samridhi jewllers

काठमाडौं- कालीमाटी तरकारी बजारमा आज लोकल गाजरको थोक मूल्य प्रतिकिलो २१ रुपैयाँले घटेको छ। आइतबार औसतमा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको लोकल गाजरको मूल्य आज ६४ रुपैयाँमा झरेको हो।

यस्तै, नेपाली ठूलो गोलभेंडाको मूल्य १५ रुपैयाँले बढेको छ। आज नेपाली ठूलो गोलभेंडाको प्रतिकिलो थोक मूल्य औसतमा ११० रुपैयाँ तय भएको छ। आइतबार यसको मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो।

लोकल सानो गोलभेंडाको मूल्य आज ११ रुपैयाँले घटेको छ। आइतबार प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको लोकल सानो गोलभेंडा आज औसतमा ४४ रुपैयाँमा झरेको छ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्