Nic Ad Nic Ad
Nic Ad Nic Ad

रिलायन्स स्पिनिङको आईपीओ आउन ३ दिन बाँकी

सोमबार, असार २४, २०८१

३० बर्ष देखि सञ्चालित रिलायन्स स्पिनिङ मिल्स लिमिटेड नेपालको सबै भन्दा ठुलो मध्येको उद्योग हो । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्दैछ । बुक बिल्डिङ विधिबाट कम्पनीको आईपीओ मूल्य तय भएपछि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणका लागि आइपिओ खुलाएको हो ।

कम्पनीले सार्वजनिक निष्कासनका लागि छुटाएको ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न लागेको छ । आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताहरूले असार २७ गतेबाट आवेदन दिन सक्नेछन् । 

बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दर तोकिएकाले अन्य सामान्य आइपिओ जस्तै १००० रूपैयाँबाट यसको आवेदन दिन सकिदैन । यसका लागि न्यूनतम ४१ हजार ४० रूपैयाँ आवश्यक पर्छ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय र मेरो सेयरबाट आइपिओ भर्न सक्नेछन् । रिलायन्सको सेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको अवस्था संक्षिप्तमा 

कम्पनी विगत ३० बर्ष देखि नियमित सञ्चालनमा छ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेड नेपालको सबै भन्दा ठुलो मध्येको उद्योग हो । यसमा चार हजार भन्दा बढि कर्मचारी र श्रमिकहरूले रोजगार पाइरहेका छन् । 

आ.व. २०७७ / ७८ देखि कम्पनीले वित्तिय प्रतिवेदन मान (NFRS) अनुसार वित्तिय प्रतिवेदन प्रस्तुत गरेको हुँदा आम्दानी, लागत खर्च, ह्रास कट्टी तथा प्रशासनिक खर्चहरु (NFRS) को मापदण्ड अनुसार लेखाङ्कन गरिएको छ । त्यस्तै गरी आ.व. २०८०/८१ को चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तिय विवरण लेखा परिक्षणबाट प्रमाणित भएको छ । यसैबिच नेपाल विद्युत प्राधिकरण प.स. २०८०/८१ चं. न. १७७१ मिती चं.न. १७७१ २०८१/०३/०९ गतेको पत्र अनुसार विद्युत महशुल वाफतको रकम रु. ७३,३६,८४, ३३५ घटाएर मात्र नेटवर्थ गणना गरिएको छ ।

करिब ६०० करोड माथिको निर्यात आय गर्दै आईरहेको रिलायन्स स्पिनिङले बताएको छ । 

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्