Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमतीमा एमालेका मन्त्रीहरुले आज राजीनामा दिने

सोमबार, असार २४, २०८१

काठमाडौं - बागमती प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा फेरबदल आएसँगै माओवादीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वमा रहेको सरकारबाट एमालेका मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।

एमाले चार महिनाअघि चैत १७ गते जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक सहभागी भएको थियो । तर, पुनः केन्द्रमा एमालेले वर्तमान गठबन्धन तोड्दै नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नेबारे समझादी गरेपछि सरकार छाड्न लागेको हो । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहान १० बजे राजीनामा बुझाउने तयारी भएको बताए ।

बागमतीमा थपलियासहित एमालेका पाँचजना मन्त्री छन् । अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्