Nic Ad Nic Ad
Nic Ad Nic Ad

नदीमा डुबेर कैलाली र कञ्चनपुरमा दुई जना बेपत्ता

सोमबार, असार २४, २०८१

धनगढी - कैलाली र कञ्चनपुरका नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । आइतबार कैलालीको कैलारी गाउँपालिका–९ गदरिया बस्ने १८ वर्षीय अजय राना भुररा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी बेपत्ता भएको खबर आउनासाथ इलाका प्रहरी कार्यालय हसुलियाबाट खोजीका लागि प्रहरी परिचालन गरिए पनि अहिलेसम्म राना नभेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए ।


यस्तै, कञ्चनपुरमा पनि नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बेलडाँडी गाउँपालिका–३ बस्ने २३ वर्षीय डम्मर चौधरी चौदारा नदीमा माछा मार्न गएका बेला बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी जारी छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्