Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाकालीले खतराको तह पार गरेपछि शारदा ब्यारेजका सबै ढोका खोलियो

सोमबार, असार २४, २०८१

काठमाडौं - केहि दिनदेखि निरन्तर परेको वर्षापछि महाकाली नदीले खतराको तह पार गरेको छ । महाकालीमा पानी २ लाख क्युसेक पुगेकाले शारदा ब्यारेजका नेपाल तर्फका सबै ढोका खोलिएका छन् ।

महाकालीले खतराको तह पार गरेपछि सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले जानकारी दिए । उनका अनुसार नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम भइरहेको छ ।

नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । पानीले खतराको सतह नाघेपछि शनिवार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधनको आवागमन अझै सुचारु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्