Nic Ad Nic Ad
Nic Ad Nic Ad

झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना घाइते

सोमबार, असार २४, २०८१

चितवन- काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटनाग्रस्त भएको छ । प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा बिहान ३ बजे उक्त बस ठोक्किएको हो । बस दुर्घटनापछि उद्धार गरेर ५ जनालाई स्थानीय चौधरी मेडिकलमा उपचार गरिएको छ । उनीहरू गन्तव्यतर्फ लागेका छन् ।


अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले बस चालक झापाको अर्जुनधारा गाउँपालिका–११ निवासी ४० वर्षीय मधुसुदन नेपाललाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार दुर्घटनापछि बस क्षति ग्रस्त भएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्