नेभिगेशन
समाज विविध
विश्लेषण

प्रक्षेपणः ओली क्याबिनेटमा सुहाङको ‘इन्ट्रि’ हुन सक्छ

काठमाडौं– कांग्रेस–एमालेको सहमतीय सरकारको पहिलो कार्यकालका प्रस्तावित प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा दिवंगत पूर्वसभामुख सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङको इन्ट्रि हुने प्रक्षेपण गरिएको छ।

नयाँ र युवालाई मौका दिइरहेका ओलीले इलाम–२ को उपनिर्वाचनमा निर्वाचित सुहाङलाई क्याबिनेटको जुनियर सदस्यका रुपमा लैजान सक्ने सम्भावना छ। उनलाई ओलीले कानुन राज्यमन्त्री दिने सम्भावना रहेको छ। 

ओलीले प्रतिनिधि सभा, सरकारमा सहभागी हुँदा पठाएका मन्त्रीलगायतलाई दिएको मौकालाई विश्लेषण गर्दा क्यानडानेपाल यो नतिजामा पुगेको हो। 

ओलीले प्रतिनिधि सभामा पहिला प्रमुख सचेतकको जिम्मेवारी पदम गिरीलाई दिएका थिए। उनलाई बारम्बार मन्त्री बनाए। त्यसपछि प्रमुख सचेतकको जिम्मेवारी युवा नेता महेश बर्तौलालाई दिएका छन्। 

सचेतकको जिम्मेवारी सुनिता बराललाई दिएका छन्। यसअघिका क्याबिनेटमा भगवती चौधरी, हरि उप्रेतीलगायतका नयाँ अनुहार पठाएका कारणले अब आफू नेतृत्वको क्याबिनेटमा सुहाङलाई जिम्मेवारी दिन सक्ने विश्लेषण गरिएको हो। 

यसअघि पनि ओलीले युवा नेतृत्वलाई मौका दिएका थिए। एमालेमा उनको कोटामा महेश बस्नेत उद्योग मन्त्री बनाइएका थिए। आफ्नै क्याबिनेटमा उनले गोकुल बाँस्कोटालाई सञ्चारमन्त्रीको जिम्मेवारी पनि दिएका थिए। 

पदमा अर्याललगायतका नेत्रीलाई पनि ओलीले क्याबिनेटमा पठाएका उदाहरणका आधारमा यो नतिजामा पुगिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध