Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी जिल्लाका नदीमा बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

सोमबार, असार २४, २०८१

काठमाडौं -आज पश्चिम नेपालका केही नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको छ । बाढी पुर्वानुमान महाशाखाले भारी र अति भारी वर्षाका कारण बाढीको उच्च जोखिम रहेको जानकारी दिएको हो ।


कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपासका जिल्ला भएर बग्ने अधिकांश स–साना नदी तथा खोल्सामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको हो ।

त्यस्तै अन्य जिल्लाका केही स–साना नदीमा पनि आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाकाली र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्