Nic Ad Nic Ad
Nic Ad Nic Ad

अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन : सांसद ठाकुर

सोमबार, असार २४, २०८१

काठमाडौँ- एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने गरे । देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आपत्ति जनाए ।

‘सरकार घोर अल्पमतमा परेको छ । देश गम्भीर अवस्थामा पुग्दा पनि प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ । अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ’, उनले भने, ‘यही सदनमा पनि तर्क वितर्क गरिँदै छ । बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने अधिकार रहँदैन । देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ ।’

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्