Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाढीपहिरोले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

सोमबार, असार २४, २०८१

काठमाडौं अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा बाढीपहिरोको नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरोमा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्