Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिल्ला अस्पताल सुनसरीको समाजिक परिक्षण 

सोमबार, असार २४, २०८१

इनरुवा– जिल्ला अस्पताल सुनसरी इनरुवाले सामाजिक परिक्षण सम्पन्न गरेको छ। 

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकोले यस्को सफल ब्यवस्थापनमा सम्पुर्ण सरोकारवाला हरु लाग्नुपर्ने बताए। 

जिल्ला अस्पताल सुनसरीको थप बिकासका लागि नागरिक समाजसँगै सबै सरोकारवाला लाग्नुपर्ने तिवारीले बताए। अस्पतालको प्रगतिप्रति खुशी व्यक्त गर्दै जनता र सेवाग्राहीका लागि थप गम्भीर बन्न अस्पताल प्रशासनलाई तिवारीको सुझाव थियो। 

पछिल्लो बर्षको तुलनामा थप धेरै सेवा बिस्तार गरि सेवा ग्राहीलाई सेवा दिई रहेको अस्पतालले पूर्वाधारसँगै बिरामी सेवामा गम्भीरता देखाएकोप्रति सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिडेन्टेन्ट (मेसु) डा. श्रेया पङेनीले अस्पतालको बिकासमा आफू र आफ्नो ब्यवस्थापन टिम जिम्मेवारीताका साथ लागेको बताइन्। 

अस्पताल सुधारको यात्रामा सफलता प्राप्त भएको प्रति खुशी व्यक्त गर्दै अस्पतालको थप बिकासका लागि आफू र आफ्नो टिम सदा लागिरहने बताइन्। उनले अस्पतालले  निरन्तर जनसेवामा आफ्नो स्तरलाई उकासेपनि कहिलेकाहीँ हुने गलत प्रचारबाजीले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल घटने हुँदा त्यसतर्फ सबै सरोकारवाला लाई गम्भीर हुन समेत आग्रह गरिन्। 

नागेस्वर मिडियाको सहकार्यमा शुक्रवार आयोजित सो कार्यक्रममा इनरुवा र आसपासका अगुवा नागरिक समाजिक अभियन्ता लगायत दर्जनभन्दा बढी सरोकार बाला हरुको सहभागिता थियो।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्