Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुकेश अम्बानीको छोराको बिहेको निम्तो मान्न बिनोद चौधरीका कान्छा छोराबुहारी जाने

सोमबार, असार २४, २०८१

काठमाडौँ- भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले विनोद चौधरीलाई आफनो छोराको विवाहको निम्ता दिएका छन् ।

अम्बानीले विवाहको निम्ता दिएको चौधरीले सोमवार सामाजिक संजाल फेसबुक मार्फत बताएका छन् । विवाहको निम्ता मान्न छोरा वरुण र बुहारी अनुश्री जाने चौधरीले बताएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्-  बधाई छ, अनन्त र राधिका! हामी मुकेश भाइ र नीता अम्बानी जीलाई तपाईंको छोराको विवाहमा निम्तो दिनु भएकोमा हामी सम्मानित र कृतज्ञ छौं। मेरो छोरा वरुण र बुहारी अनुश्रीले यस खुशीको अवसरमा गर्वका साथ हाम्रो परिवारको प्रतिनिधित्व गर्नेछन्। अनन्त र राधिकालाई जीवनभरको माया र खुशीको कामना!

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्