Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाका मन्त्रीहरूको राजीनामा स्वीकृत

सोमबार, असार २४, २०८१

काठमाडौं जसपाका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति  रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क)बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्