Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफलाइन राइडिङमा दुर्घटना गराई फरार ३ जना पक्राउ

सोमबार, असार २४, २०८१

काठमाडौँ- अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ-८ घर भई हाल तारकेश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर-४ घर भई हाल तारकेश्वर बस्ने सुरेश अधिकारी रहेका छन् । उनीहरूलाई प्रहरी गोंगबु एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजे गोंगबुबाट हात्तिवनसम्‍म ३५ वर्षीय अनु गुरुङ र उनका साथीहरू ३ जना अफलाइन राइडरसँग चढेका थिए । तर जाने क्रममा कान्तिपथ नजिकै दुर्घटना भई उपचारका क्रममा मृत्यु भएको प्रहरीको आरोप छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्