Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ सत्ता समिकरणसँगै कोशीमा पनि सरकार पुर्नगठन गर्ने तयारी

सोमबार, असार २४, २०८१

काठमाडौं - केन्द्रमा भएको नयाँ सत्ता समिकरण अनुसार कोशी प्रदेशमा पनि सरकार पुर्नगठन गर्ने तयारी गरिएको छ ।


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रमा २८ गते नयाँ समिकरण अनुसार नयाँ सरकार बनेपछि त्यसको असर र प्रभाव अनुसार कोशी प्रदेशमा सरकार पुर्नगठन हुने बताएका हुन् ।


सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले तत्कालै कसैलाई सरकारबाट हटाउने आफ्नो चाहना नभएपनि केन्द्रमा नयाँ समिकरण बनेपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेस सहितको सरकार बन्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले सहमतिको सरकार बनाउने आफ्नो प्रयास भएपनि केन्द्रको समिकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताए । नयाँ समिकरण अनुसार सरकार बनेपनि प्रदेशमा रहेका मन्त्रालयको संख्या नबढाइने उनको भनाइ छ ।

कोशी प्रदेशमा गत बैशाख २७ गते माओवादी केन्द्रका १३ जना सांसदहरुको समर्थनमा एमालेका हिक्मत कुमार कार्की मुख्यमन्त्री बनेका थिए । १० सदस्यीय कोशी प्रदेश सरकारमा एमाले बाहेक माओवादीका ३ जना मन्त्री र एक जना राज्यमन्त्री रहेका छन् ।


 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्