Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिवि उपकुलपतिलाई भेट्न ‘क्युआर कोड’मार्फत समय लिनुपर्ने

सोमबार, असार २४, २०८१

काठमाडाैं - त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बराललाई भेट्नका लागि क्युआर कोडमार्फत अग्रिम समय लिनु पर्ने भएको छ ।

त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्युआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ ।

त्रिविले निकालेको सूचनामा भनिएको छ, ‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा।डा केशरजंग बराललाई प्रत्यक्ष भेट्नुपर्ने भएमा उहाँको समय यवस्थापनका लागि तल उल्लेखित क्युआर प्रयोग गरी अग्रिम समय (टाइम बुक) लिनुहुन सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैमा अनुरोध छ ।’ त्यसको लागि त्रिभुवन विश्वविद्यालयले क्युआर कोड सार्वजनिक गर्दै जानकारी दिएको छ ।

यता, उक्त क्यूआरमा प्रत्यक्ष उपकुलपति बरालसँग अथवा उनका स्वकीय सचिव सरोज जी तन्डुकारमार्फत समय लिन सकिने त्रिविका सूचना अधिकारी भिमबहादुर श्रेष्ठले बताएका छन्

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्