Nic Ad Nic Ad
Nic Ad Nic Ad

ढुवानी सवारी धनीलाई अनिवार्य प्यान लिन सरकारको ताकेता

सोमबार, असार २४, २०८१

सरकारले ढुवानी सेवा दिइरहेका सवारीसाधन धनीलाई अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिन ताकेता गरेको छ ।

 

आन्तरिक राजस्व विभागले आयकर ऐन अनुसार प्यान लिन अनिवार्य हुने ढुवानी साधन (ट्रक, टिपर र ट्याक्टर) धनीमध्ये कतिपयले अझै पनि प्यान नलिएको भन्दै यथाशीघ्र यस्तो नम्बर लिएर मात्र कारोबार गर्न ताकेका गरेको हो ।

कानून उल्लंघन गरी प्यान नलिएको पाइए कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ । सरकारले यसअघि मालवाहक सवारीसाधन धनीले अनिवार्य प्यान लिनुपर्ने व्यवस्था गरेको थियो ।

स्वयम् सवारीसाधन चलाइरहेका वा अर्को व्यक्ति वा संस्थालाई भाडामा चलाउन दिएका व्यक्तिले समेत प्यानमा दर्ता हुनुपर्ने विभागले स्पष्ट पारेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्