Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुग्लिन-मलेखु सडक पुन: सञ्चालन

सोमबार, असार २४, २०८१

पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–मलेखु सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गको मुग्लिन-मलेखु सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–३ डहकीखोलामा सोमबार १ः३० बजे पहिरो खस्दा सडक अवरुद्ध थियो ।

पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्