Nic Ad Nic Ad
Nic Ad Nic Ad

आयात प्रतिबन्धको नीति करेक्सन गर्न विनोद चौधरीको माग

सोमबार, असार २४, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले कोभिडपछि राष्ट्र बैंकले लिएको आयात प्रतिबन्धको नीति आगामी मौद्रिक नीतिमार्फत करेक्सन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् । उनले मुलुकको बाह्य अर्थतन्त्र कमजोर बन्दै गएको अवस्थामा नियन्त्रण गर्नको लागि आयातमा राष्ट्र बैंकले लगाएको नीतिमा परिमार्जन गर्न ठिक समय आएको बताए । उनले उक्त नीतिको कारण मुलुकका आयात नबढ्दा राजश्व लगायत क्षेत्रमा असर परेको बताए ।


उनले अर्थतन्त्रको बाह्य क्षेत्र परेको असर कम गर्न अन्य देशले गर्न नसकेको काम राष्ट्र बैंकले गरे पनि समय अनुसार करेक्सन गर्न नसकेको बताए । उनले उक्त नीतिको कारण राजश्व १० अर्बबाट निरन्तर ओरालो लागेको बताए । उनले यसले गर्दा अप्रत्याशित रूपमा सरकारको आन्तरिक ऋण समेत बढ्दै गएको उल्लेख गरे ।

उनले बैंकको कर्जा सबै अनउत्पादन क्षेत्रमा लगानी हुँदा रोजगारी सिर्जना समेत हुन नसकेको बताए । उनले पछिल्लो समय साना तथा घरेलु उद्योगहरू सबैभन्दा बढी प्रभावित र विस्थापित भएको उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्