Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौ महानगरद्वारा ४० सहकारीको अनुगमन, सातवटा सहकारीलाई थप कारबाही गर्न सीआईबीमा जानकारी

सोमबार, असार २४, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको सघन अनुगमन गरेको छ । तीमध्ये सातवटा सहकारी संस्थाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार १६ चैतदेखि ७ असारसम्म ती सहकारीको अनुगमन गरेको थियो ।

अनुगमनमा परेको कालीमाटीको सुमेरु बचत तथा ऋण सहकारी संस्था कालीमाटी र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको आवश्यक कागजपत्र र विवरणसमेत फेला नपरेको महानगर स्रोतले जनाएको छ ।

दुवै सहकारी संस्थामा बचतकर्ताको रकम फिर्ता हुने अवस्था नदेखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न महानगरले प्रहरीको सीआईबीमा पठाएको छ ।

महानगरले अनुगमन गरेको कालीमाटीको सुमेरु बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सोही नामको संस्थाका सञ्चालक भरत महर्जन हुन् । उनी १० अर्ब रुपैयाँभन्दा बढी बचत अपचलन गरी बेलायत पलायन भएका छन् ।

भरतले कालीमाटीमा छुट्टै सुमेरु सहकारी दर्ता गरी त्यसको अध्यक्ष श्रीमतीलाई बनाएका थिए । संस्थामा श्रीमतीपछि भान्जा र छोरालाई अध्यक्ष बनाएका महर्जनले उक्त संस्थामा ठूलो रकम अपचलन गरेका छन् ।

स्रोतका अनुसार महानगरको अनुगमनमा सिस्टममा देखिएको कुल निक्षेप दायित्व ३ अर्ब १९ करोड छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  २१:४७
प्रतिक्रिया दिनुहोस्