Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी प्रदेशमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना

मंगलबार, असार २५, २०८१

काठमाडौं - आज केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एक–दुई स्थानमा अति वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्