एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेस र एमालेबीच सरकारको आलोपालो नेतृत्व, संविधान संशोधनलगायतका विषयमा समझदारी भएको छ । यही असार १७ गते भएको उक्त सहमति र भावी रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
यस्तै, बैठकमा पार्टीको २०८१ सालको कार्ययोजनाका विषयमा पनि छलफल गर्ने तयारी रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।एमालेले २०८१ साललाई सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियानको रुपमा चलाउने यसअघि नै निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१ ०७:३६
प्रतिक्रिया दिनुहोस्