Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

मंगलबार, असार २५, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज बस्दैछ । बिहान–८ बजे बस्ने बैठकमा रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिने छ ।


पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ । ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ । उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् ।

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो । उक्त अवधि पनि आज सकिँदै छ । महामन्त्री ढकालले एक महिने समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदनले रास्वपामा तरंग पैदा भएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्