Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध

मंगलबार, असार २५, २०८१

लमजुङ– निरन्तरको वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ ।

सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।


कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिरोले सडक अवरुद्ध बनाउँदै आएको छ  । सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् ।

लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनि समस्या हुँदै आएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्