Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको केन्द्रीय समिति बैठक जारी

मंगलबार, असार २५, २०८१

काठमाडौं -सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक जारी छ । बालाजुस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

आजको बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि बैठकमा छलफल गरिने बताइएको छ । पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा बैठकबाट निर्णय गर्ने बुझिएको छ  । असार २० गते बुधबार बसेको बैठकले डा. ढकाललाई महामन्त्री र प्रवक्ताबाट यसअघि एक साताका लागि निलम्बन गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्