Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारलाई कर तिर्न महानगरको ताकेता

मंगलबार, असार २५, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । राजस्व विभागले मंगलबार एक सूचना प्रकाशित गरी मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई ३५ दिनभित्र कर तिर्न ताकेता गरेको हो ।

विभागका अनुसार बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था छ । महानगरले ताकेता गर्दा पनि व्यवसायीहरूले अहिलेसम्म अटेर गर्दै आएका छन् । तोकिएको समयभित्र जरिवानासहित कर नबुझाए आर्थिक ऐन २०५० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

यी मनोरञ्जन स्थलमा प्रवेश गर्ने प्रतिटिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था रहेको छ ।

 

 

 


 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्