Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य घट्यो, तोलामा कति ?

मंगलबार, असार २५, २०८१

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

महासंघले आज छापावाल सुन प्रतितोला १ लाख ४४ हजार एक सय र तेजावी सुन १ लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।


यसअघि सोमबार छापावाल सुन १ लाख ४५ हजार र तेजावी सुन १ लाख ४४ हजार तीन सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला ५ रुपियाँ घटेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्