Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुकुम पूर्वमा पहिरोले गोठ बगाउँदा बालकको मृत्यु, तीन जना घाइते

मंगलबार, असार २५, २०८१

रुकुम पूर्व -रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चार जनालाई बगाएकोमा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा कर्णबहादुर, आमा गम्मा बुढा र बहिनी तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ ।


 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्