Nic Ad Nic Ad
Nic Ad Nic Ad

उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु , १८ जनाको उद्धार

मंगलबार, असार २५, २०८१

अबुजा - नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राति काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले सोमबार पत्रकारहरूलाई भने ,“करिब २० स्थानीय व्यापारीको समूह बोकेको डुङ्गा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो । त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो ।”


प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उनले थपे,“ शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्