Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुकुल ढकाललाई साधारण सदस्य राखी महामन्त्रीलगायतका जिम्मेवारीबाट हटाइयो

मंगलबार, असार २५, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकले कारबाहीको निर्णय गरेको हो । अनुशासन आयोगले ढकालमाथि कारबाही सिफारिस गरेको थियो । आयोगले साधारण सदस्य पनि नरहने गरी निष्कासन गर्न सुझाव दिएकोमा केन्द्रीय समितिले त्यसलाई थोरै संशोधन गरेको छ ।

ढकालले महामन्त्रीसँगै पार्टी प्रवक्ता र केन्द्रीय सदस्यको पद पनि गुमाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्