Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब ७६ (३) अनुसारकै सरकार बन्छ : सांसद यादव

मंगलबार, असार २५, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार प्रधानमन्त्री बनेका प्रधानमन्त्री ‘प्रचण्ड’ले सदनमा विश्वासको मत नपाएपछि ३ अनुसारको सरकार बन्ने दाबी गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति आपत्ति जनाए। उनले भने, ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो। उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु।’

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्