Nic Ad Nic Ad
Nic Ad Nic Ad

घन्टीबाट हैन रविको क्लबबाट निकालियो : मुकुल ढकाल

मंगलबार, असार २५, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।

पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निष्कासित भएको उनले बताए । ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उनले भने ।

ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।

ढकालले रास्वपामै रहने संकेत गरेका छन् । उनले भने, ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन ।’

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्