Nic Ad Nic Ad
Nic Ad Nic Ad

असोजमा नेपाली फिल्महरुको महाभिडन्त हुँदै

मंगलबार, असार २५, २०८१

काठमाडौं- संविधान दिवसको विदा छाप्दै असोज ३ गते ‘ह्रस्व दीर्घ’, ‘खुस्मा’ र ‘आउट ल’ गरी तीनवटा फिल्म रिलिजको तयारीमा छन् ।

यस्तै, असोज १७ गते फूलपातीमा निश्चल-स्वस्तिमा दम्पतीको ‘बेहुली फ्रम मेघौली’ र ‘चपली हाइट’ निर्माता अर्जुन कुमारको ‘सानो संसार’ भिड्ने तयारीमा छन् । यसपछि असोज २४ गते फूलपातीमा फिल्म ‘छक्का पञ्जा ५’ रिलिज हुँदैछ ।

अभिनेता विराज भट्टको फिल्म ‘१२ गाउँ’लाई पनि दशैंमै रिलिज गरिँदैछ । तर, यसको दिन भने तोकिएको छैन । विगतमा असोज महिनामा रिलिजको चाप यतिविघ्न देखिएको थिएन । दशैं (घटस्थापना र फूलपाती)मा समेत बढीमा दुईवटा फिल्म रिलिज हुन्थे । तर यो वर्ष असोजको पहिलो हप्ता नै ठूलो भिडन्त हुँदैछ । कुनै फिल्म दायाँबायाँ नभए यो महिनामा मात्र रिलिजको संख्या ७ पुग्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्