Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार संविधानकै धाराबाट बन्छ, बालाजुको २२ धाराबाट होइन : एमाले

मंगलबार, असार २५, २०८१

काठमाडौं- नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने बहसको विषय नभएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिको सभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने बताइरहँदा त्यो उसको विषय नभएको बताए । उनले सरकार संविधानकै धाराअन्तर्गत बन्ने भन्दै बालाजुको बाइस धाराबाट नबन्ने प्रष्ट पारे ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि जवाफ दिँदै उनले भने ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट हो । बालाजुको बाइस धाराबाट बन्दैन । तपाईंहरूले चिन्ता लिनुर्दैन ।’

गत असार १७ गते मध्यराति नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका थिए ।

सहमतिअनुसार असार २८ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्