Nic Ad Nic Ad
Nic Ad Nic Ad

अध्यक्ष ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

मंगलबार, असार २५, २०८१

काठमाडौं - नेकपा (एमाले)को सचिवालय बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजेका निम्ति बोलाइएको बैठक स्थगित गरिएको हो ।

उक्त बैठक बुधबार (भोलि) बिहान ११ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । “आजका लागि तय भएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ,” उनले भने, “किन स्थगित गरियो भन्ने जानकारी आएको छैन ।”

अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठकको मिति सारिएको बताइएको छ । सोमबार (हिजो) दाँत निकालेकाले ओलीलाई केही सन्चो नभएको सचिवालयले जनाएको छ । यस्तै, केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने तयारी छ । फरक भूगोलको जिम्मेवारी हटाएर घरपायक जिम्मेवारी दिने तयारी गरिएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्