Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वतयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयलाई चिकित्सक संघको आग्रह

मंगलबार, असार २५, २०८१

काठमाडौं – नेपाल चिकित्सक संघले विपद्का घटना बढ्दै गएकाले बन्दोबस्तीका सामग्रीसहित तयार रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै बाढीपहिरोका क्रममा सङ्क्रामक रोग फैलनसक्ने जोखिमलाई लिएर यस्तो आग्रह गरेको हो ।

‘पूर्वतयारीका लागि आवश्यक औषधि, जनशक्ति, उपचार सामग्रीलगायत बन्दोबस्तीका सामग्रीसहित तयार रहन मन्त्रालय र सम्पूर्ण निकायलाई संघ आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

संघले आफ्नो मातहतका शाखाहरूलाई समेत आवश्यक समन्वय र सहयोगका निम्ति तयार रहन आह्वान गरेको छ । महामारी फैलिन नदिन र राहत उपलब्ध गराउन संघको सबैमा अपिल छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्