Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस-एमालेलाई रास्वपाले भन्यो- तपाईँहरूले हामीलाई राजनीतिक संस्कार सिकाउन पर्दैन

मंगलबार, असार २५, २०८१

काठमाडौँ- रास्वपाका सांसद हरि ढकालले देशमा तीन दशकदेखि राजनीतिक वितण्डा मच्चाउनेहरूले आफूहरूलाई संस्कार नसिकाउन सचेत गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले रास्वपाको तर्फबाट तीन दशकदेखि राजनीतिक वितण्डा देखाएकाहरूले हामीलाई संस्कार नसिकाउन आग्रह गरे । उनले काँग्रेस-एमालेलाई लक्षित गर्दै भने, ‘अमुक व्यापारीको घरमा भएको सम्झौता सार्वजनिक भएको छैन । त्यो सम्झौताको आधारमा बन्ने आगामी दिनका ती सरकारहरू पनि यही तीन दशकको निरन्तरता हो । हामीले हाम्रो राजनीतिक इमानदारिता र संस्कार हाम्रो कार्यकालभरिमा कायम राख्नेछौँ ।’ सांसद ढकालले सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पक्राउ गरेपछि सत्ता समीकरण फेरिएको दाबी गरे ।

उनले भने, ‘यो सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणले फाइल खोलेर बेचन झा समातिने बित्तिकै समीकरण नै फेरबदल यो के र किन भनेर नागरिकले प्रश्न गरेका छन् । नागरिकले बुझेका छन् ।’

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्