Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक सातादेखि अवरूद्ध रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन

मंगलबार, असार २५, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ । अविरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान  आजदेखि पुनः सञ्चालनमा आएको हो । 

रारा नागरिक उड्यन कार्यालय ताल्चका प्रमुख कृष्ण रिजालका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एयरले उडान गरेका हुन् । हवाई उडान नहुँदा यात्रुहरू मुगुमै बस्न बाध्य थिए ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा विगत सात दिनदेखिको अविरल वर्षाका कारण बाक्लो हुस्सु र कुहिरो लाग्दा हवाई उडान अवरुद्ध  हुँदै आएको थियो ।

‘गाडीबाट जाउँ भने बाटो बिग्रेको छ, जहाज आउँदैन । सात दिनदेखि सुर्खेत जान तयार भएको थिएँ बल्ल आज मौसममा सुधार आएपछि प्लेनमा यात्रा गर्न पाइयो खुसी लाग्यो’, छायाँनाथ रारा नगरपालिका गमगढीका नौलासिंह नेपालीले बताए।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्