Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशका समस्या सम्बोधनका लागि काँग्रेस र एमाले मिल्यौँ : डा. प्रकाशशरण महत

मंगलबार, असार २५, २०८१

काठमाडौँ- नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका समस्या सम्बोधनका लागि काँग्रेस र नेकपा एमाले एक भएको बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मी उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस-एमाले मिल्नुपरेको प्रष्ट्याए । ‘प्रचण्ड’ सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको भन्दै महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको उनको भनाइ छ ।

महतले भने, ‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ ।’

सबैलाई मान्य हुने गरी मन्त्रालयको बाँडफाँट हुने महतको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्