Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलबार, असार २५, २०८१

काठमाडौँ- भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको हो ।

उनीहरुले स्वास्थ्य चौकीहरूको लागि औषधि खरिद गर्दा भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्