Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रष्टाचारका ठूला प्रकरण ढाकछोप गर्न काँग्रेस-एमाले मिलेका हुन् : राजेन्द्र पाण्डे

मंगलबार, असार २५, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नयाँ सरकार गिरिबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायत ठूला प्रकरणहरू छोप्नका लागि बन्न लागेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले आशंका उब्जिएको बताए ।उनले भने, ‘आम रूपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन । प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्छ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ।’

उनले काँग्रेस एमाले सरकारमा आफूहरू सहभागी हुने कुरा नसोचेको समेत बताए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्