Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णाली राजमार्ग एकतर्फी खुल्यो

मंगलबार, असार २५, २०८१

कालीकोट- अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुलेको छ । गत शुक्रबारदेखि बन्द यो बाटो आज अपराह्नदेखि एकतर्फी खुला भएको हो ।

जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ ।

राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारीसाधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताए ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्