Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुुक्तकमलरीद्वारा सामूहिक धानखेती

मंगलबार, असार २५, २०८१

काठमाडाैं - दाङमा मुक्तकमलरीले सामूहिकरुपमा तिल्की धानखेती सुरु गरेका छन् ।

लोपोन्मुख तिल्की धान जोगाउन उनीहरुले सामूहिकरुपमै खेती सुरु गरेका हुन् । मुक्तकमलरीले सहकारीमार्फत सामूहिक खेती गरेका छन् । स्थानीय गन्यारी कृषि सहकारी संस्थामार्फत् यस वर्ष एक बिघा १५ कट्ठामा धानखेती गरिएको अध्यक्ष लक्ष्मी चौधरीले बताए । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहयोगमा तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा उक्त धानखेती गरिएको हो ।

केन्द्रका अध्यक्ष रावतका अनुसार प्राङ्गारिक खेती हराउँदै गएकाले यसलाई संरक्षण गर्न खेती गरिएको होे । तिल्की, सिम्ठारोजस्ता धान स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । तिल्की धानको चामल मिठो हुने र गर्मी खप्न सक्ने धानको रुपमा गाउँघरमा चिनिन्छ । यो जातको धान विगतमा दाङका स्थानीयबासीले लगाउने गर्थे । पछिल्लो समय हाइब्रिड धान कृषकको रोजाइमा परेपछि यो धान लोप हुने अवस्थामा पुगेको छ । त्यस्तै रैथाने सिमठारो जातको धान पनि रोप्ने तयारी रहेको अध्यक्ष रावतले बताए । सबै खालका खेतीमा प्राङ्गारिक मल प्रयोग गर्ने गरेको केन्द्रका अध्यक्ष रावतले बताए । घोराहीको बेलुवामा पनि १३ कट्ठामा मुक्तकमलरीले सामूहिक धानखेती गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्