Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त

मंगलबार, असार २५, २०८१

काठमाडौं - भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त भएका छन् ।

बीसीसीआई सचिव जय शाहले सामाजिक सञ्जालमार्फत गम्भीर मुख्य प्रशिक्षक नियुक्त भएको घोषणा गरेका हुन् ।

‘भारतीय क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षकका रूपमा गौतम गम्भीरलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको छ,’ शाहले पोस्ट गरेका छन् ।

गत संस्करणको आइपिएलमा गम्भीरले मेन्टरिङ गरेको कोलकाता नाइट राइडर्सले उपाधी जितेको थियो । उनले आफ्नो कप्तानीमा कोलकोतालाई दुईपटक आइपिएलको उपाधि जिताएका थिए ।

 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्